फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहन्छ : माओवादी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ माघ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नगर्ने बताएका छन् ।

मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा प्रचण्डले गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने जानकारी गराएका बैठकपछि प्रवक्तासमेत रहेका नेता कृष्णबहादुर महराले जानकारी दिए ।

उनले आफ्नो पार्टीले सकेसम्म राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपतिको चयन गर्ने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्