बैतडीका २० बर्षीय युवक चार दिनदेखि बेपत्ता

खबर बुक
  • ख-
  • ख+

बैतडी,  १७ माघ । बैतडीको दशरथचन्द नगरपालिका–३ बरक्वालीका एक युुवक बेपत्ता भएका छन् । वेपत्ता हुनेमा केशव नाथका २० बर्षीय छोरा वीरेन्द्र नाथ रहेका छन् ।

वीरेन्द चार दिनदेखि सम्पर्कविहीन भएको उनका बुवा केशवले बताए । शनिबार लुुगा धुन घरबाट निस्केका उनी अहिलेसम्म कसैको सम्पर्कमा आएका छैनन् ।

वीरेन्दको खोजीका लागि प्रहरीमा जानकारी गराइएको छ । उनलाई भेट्टाउने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८६५८६८७२७मा सम्पर्क गरिदिन वीरेन्द्रका बुवा केशवको आग्रह छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्