संसदलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण- सभामुख घिमिरे

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ माघ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समाजलाई अग्रगति दिने उदेश्यलाई पुरा गर्न सवै मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

सोमबार सिंहदरबारमा सञ्चारकर्मीसंगको छलफलका क्रममा सभामुख घिमिरेले संसदको भूमिका समाजलाई अग्रगति दिने उदेश्यलाई पुरा गर्ने भएकाले यसमा सञ्चारजगत लगाएत सवै मिलेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।

उहाले बिभिन्न ऐन निर्माण गर्ने बिधेयकमा छलफल वा नयाँ केहि निर्णय गर्ने बिषयमा पनि आफु समझदारीमा नै अघि बढ्ने धारणा राख्नुभयो । देश निर्माणका लागि यसअघि गरिएका प्रयत्नहरुलाई पनि आत्मसाथ गर्दै अघि बढ्नुको बिकल्प नभएको उहाको भनाइ छ ।

सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउन पनि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

संसदको रिर्पोटिङका क्रममा देखिएका समस्याहरुलाई पनि समाधान गर्दै लैजाने उहाले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्