काठमाडौं, १५ माघ। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले संघ तथा प्रदेश सभा निर्वाचनमा पार्टीका उम्मेद्वारलाई अन्तर्घात गर्नेको विवरण बुझाउने म्याद १५ दिन थपेको छ।
पार्टीका स्थानीय निकायले त्यस्ता उजुरीका सम्बन्धमा निर्णय गरी केन्द्रमा पठाउने यसअघि निर्धारण गरेको यही माघ १५ सम्मको समय बढाएर माघ मसान्तसम्म तोकिएको कांग्रेसको केन्द्रीय अनुशासन समितिले आइतबार जनाएको छ ।











