आगोले जलेर ताप्लेजुङमा बालकको मृत्यु

न्युज कारखना
  • ख-
  • ख+

ताप्लेजुङ, १४ माघ  । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवामा भीरमा लागेको आगोले जलेर एक बालकको मृत्यु भएको छ । साँवाको दलैँचा भीरमा लागेको आगो निभाउने क्रममा फुङ्लिङ नगरपालिका–२ तीनबरेका १५ वर्षीय सुनील थुलुङ राईको जलेर मृत्यु भएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार बिहीबारदेखि लागेको आगो निभाउनलाई स्थानीयसँगै गएका बालक राईको जलेर मृत्यु भएको हो ।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईकाअनुसार राई आफ्नो मावली घर साँवामा आएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्