मानवअधिकारलाई बलियो बनाउन सरकारको सहयोग सदैव हुनेछ : मुख्यमन्त्री कार्की

खबर बुक
  • ख-
  • ख+

काठमाडौं :  प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवअधिकारलाई बलियो बनाउन सरकारको साथ र सहयोग सदैव रहने बताउनु भएको छ ।

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको प्रथम प्रदेश अधिवेशन तथा मानवअधिकारकर्मी र सामाजिक अभियानकर्मीको सम्मेलन(२०७९ को आज उद्घाटन गर्दै उनले प्रदेश सरकारको क्षेत्राधिकारभित्र रही मानवअधिकारको संरक्षण गर्ने कार्यमा सकारात्मक रहेको धारणा व्यक्त गर्नुभएको छ । उनले प्रदेश संरचनालाई स्थापित गर्ने दायित्व सबैमा रहेको उल्लेख गर्दै संरचनाको सम्बन्धमा उठेका विभिन्न आलोचनालाई चिर्न र यसलाई स्थापित गराउन पहिलो प्रयासका रुपमा मन्त्रालयको सङ्ख्या १३ बाट घटाई नौमा झरेकामा हौसला प्रदान गर्न आग्रह गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशको नामकरणलाई उच्च प्राथमिकतामा राखेको र अनुकूल समयमा सर्वसम्मति वा विधि प्रक्रिया पूरा गरेर राख्ने हुनाले नामका लागि सल्लाह सुझाव दिन आग्रह गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्