१३ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक शुक्रबार पनि बस्दैछ ।
बिहीबारदेखि सुरू भएको स्थायी समिति बैठक शुक्रबार बिहान ११ बजे फेरि बस्न लागेको हो । अध्यक्षको प्रतिवेदनमाथि नेताहरुले शुक्रबार आ–आफ्नो धारणा राख्नेछन् । पार्टी एकता र संगठन बिस्तार पनि बैठकको एजेण्डा रहेको छ ।










