संसद भवन अगाडी आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका बिषयहरुको छानविन गर्ने मन्त्रिपरिषदको निर्णय

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ ११ । सरकारले संसद भवन अगाडी आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका बिषयहरुको अध्ययन गरेर छानविन गर्ने भएको छ ।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रेमप्रसाद आचार्यको आत्मदाह र उनले उठाएको बिषयमा छलफल गर्दै उक्त बिषयको अध्ययन गरेर छानविनमा ल्याउने जिम्मा गृहमन्त्रालयलाई दिइएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिनुभयो । गृहले छानविन गरेर आवश्यक कदम चाल्ने उहाले बताउनुभयो । उहाले छानविनबाट आएका निष्कर्षमाथि आवश्यक कारवाही सुरु गरिने बताउनुभयो ।

बिभिन्न बिषयप्रति असन्तुष्टि जनाउदै मंगलवार दिउँसो बानेश्वरको संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यले आत्मदाहको प्रयास गरेका थिए । उनको बुधबार उपचारका क्रममा निधन भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्