दक्षिण भियतनाममा भीषण आगलागीमा ३२ जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

भियतनाम, २३ भदौ । दक्षिणी भियतनामको हो ची मिन्ह सिटी नजिकैको कराओके कम्प्लेक्समा भएको भीषण आगलागीमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।

मंगलबार राति प्रतिष्ठानको माथिल्लो तल्लामा आगलागी हुँदा ग्राहक र कर्मचारी अलपत्र परेका थिए ।

चार जना दोस्रो र तेस्रो तल्लाबाट हाम फालेर ज्यान जोगाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अलार्म बजेको केही समयमै अग्निनियन्त्रकहरू घटनास्थलमा पुगेका थिए । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।

अहिले १७ पुरुष र १५ महिलासहित ३२ जनाको मृत्यु भएको सार्वजनिक सुरक्षा मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार आगलागीको समयमा भवनमा ६० जना यात्रु थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्