बैतडीमा छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला

खबर बुक
  • ख-
  • ख+

बैतडी, ६ माघ । जिल्लाका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन् । नेपाल भारत सीमास्थित झुलाघाट बसपार्कमा दशरथचन्द नगरपालिका–४ जर्गका ३३ वर्षीय भरत चन्द अचेत अवस्थामा भेटिएकोमा उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको छ ।

बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार चन्द भारतमा रोजगारी गरेर घर फर्किरहेका थिए । चन्दको मृत्युको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, चार दिनदेखि बेपत्ता रहेकी  सिगास  गाउँपालिका ६ थलाकाँडाका लोकेन्द्र धामीकी  २० वर्षीया श्रीमती राधिका धामी थलाकाँडाको उबखोला भन्ने ठाउँमा मृत फेला परेकी  छन् ।

राधिका माघ २ गते  दिउँसो  घाँस काट्न जान्छु  भनेर घरबाट निस्केकी बताइएको छ । घाँस काट्न निस्केकी उनी घर नआएपछि खोजी कार्य गर्दै जादा मृत  भेट्टिएकी हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्