शम्भुनाथका इन्जिनियर घुससहित पक्राउ

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, ३ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका इन्जिनियर रामचन्द्र शाह एक लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शाहलाई सेवाग्राहीसँग घुस लिँदैगर्दा पक्राउ गरेको हो ।

इन्जिनियर साहलाई अख्तियारको टोलीले नगरपालिकाबाटै नियन्त्रणमा लिएको मेयर जितेन्द्र प्रसाद गुप्ताले जानकारी दिए ।

इन्जिनियर साहले विद्यालयमा भएको कामको भुक्तानीका लागि घुस लिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्