उपलव्धीलाइ रक्षा गर्नुपर्ने भएकोले युवाहरु सडकमा आउनुपर्छ- प्रचण्ड

खबर बुक
  • ख-
  • ख+

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आफ्नो चाहना पार्टीमा राम्रा उत्तराधिकारी तयार हुन भन्ने नै रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा पार्टी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा प्रचण्डले आफ्नै तयारीमा र नेतृत्वमा जनयुद्ध भएको र शान्ति प्रक्रिया र संविधानसभाको पनि नेतृत्वका साथै संघीय लोकतान्त्रिक गणतन्त्रको पनि नेतृत्व गरेकाले अवको चाहना पार्टीमा राम्रा उत्तराधिकारी तयार हुन भन्ने नै रहेको बताउनुभएको हो ।

उहाले माओवादीको विरासत र परम्परालाई अगाडि बढाउन ठूलो छातीका साथ अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा पार्टीका नेता जनार्दन शर्माले पार्टीको नीति र नेतृत्वको आलोचना गरेपछि प्रचण्डले पार्टीको नीति र नेतृत्वको रक्षाको कुरा गर्ने शर्मालाई रक्षा र हुर्काउन पनि आफ्नो मुख्य भूमिका रहेको बताउनुभयो । त्यस्तै प्रचण्डले सडक सदन र सरकारबाटै आन्दोलनको उपलव्धीलाइ रक्षा गर्नुपर्ने भएको युवाहरु सडकमा आउनुपर्ने धारणा राख्नुभयो । उहाले निर्वाचन प्रणालीमा सुधार र शासकिय प्रणालीमा सुधार गर्नुपर्ने आफुहरुको नैतिक दायित्व भएको जिकिर गर्नुभयो ।

कार्यक्रममा अर्थमन्त्री समेत रहेका शर्माले आफु उपमहासचिवको हैसियतमा नभइ पार्टीको संगठन बिभागको प्रमुखको हैसियतले बोलेको बताउनुभयो । शर्माले अहिले पनि नीति र नेतृत्व सही ढंगले अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो । पार्टीको नीति र नेतृत्वको रक्षा गर्न सकिएन भने आन्दोलन अघि बढ्नन सक्ने भएकाले आफुले नेतृत्वको आलोचना गरेको उहाले बताउनुभयो ।

अखिल क्रान्तिकारीले निर्वाचन केन्द्रीत क्रान्तिकारी फोर्स घोषणा गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्