झापा, १ माघ।झापाको दमकमा आगलागी भएको छ। बिहान करिब साढे तीन बजे दमक नगरपालिका वडा नम्बर ६ नमुना मार्गसँग जोडिएका पसलमा आगलागी भएको हो।
राजु श्रेष्ठको जुत्ता पसलबाट सुरू भएको आगोले सँगै जोडिएका अन्य पाँच वटा पसलमा क्षति गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगो अहिले बिहान पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ।











