भन्सार छली ल्याएको ४१ थान मोबाइलसहित फर्पिङबाट दुई जना पक्राउ

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, ३० पुस । भन्सार छली लुकाई छिपाई ल्याएको ४१ थान मोबाइलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भारत घर भएका ३७ वर्षीय दिलीप पवारसहित दुई जनालाई दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज २८९९ नम्बरको टाटा सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई उक्त मोबाइलसहित पक्राउ गरेको हो ।

मोबाइलको अन्दाजी मूल्य २ लाख ८७ हजार रहेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्