लुम्बिनीमा सभामुख र उपसभामुखको निर्वाचन ३ माघमा

खबर बुक
  • ख-
  • ख+

वुटवल, २९ पुस । लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते हुने भएको छ ।

माघ ३ गते दिउँसो एक बजे बस्ने प्रदेशसभाको पहिलो अधिवेशनको तेस्रो बैठकमा सभामुख र उपसभामुख निर्वाचन हुने प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

जारी सुचना अनुसार माघ २ गते दिउँसो १ बजेदेखि बेलुका ५ बजेसम्म प्रदेशसभाको भावी सभामुख र उपसभामुख पदका लागि उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ ।

सोही दिन बेलुका साढे ५ बजे उम्मेदवारहरूको सूची प्रकाशन गरिने र माघ ३ गते दिउँसो १ बजे सभामुख र उपसभामुखको निर्वाचन हुने लुम्बिनी प्रदेश सभा सचिवालयले जारी गरेका सूचनामा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्