राष्ट्रियसभाका चार बिषयगत समितिमा सभापति पदका लागि उम्मेद्वारी मनोनयन दर्ता

खबर बुक
  • ख-
  • ख+

राष्ट्रियसभाका चार बिषयगत समितिमा सभापति पदका लागि उम्मेद्वारी मनोनयन दर्ता भएको छ ।

सवै समितिमा एक एक जनाको मात्र उम्मेदवारी परेका कारण सवै सर्वसम्मत भएका छन् । यद्धपी बिहीबार बस्ने समितिको बैठकमा सभापतिको घोषणा गरिने संसद सचिवालयले जनाएको छ । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थले उम्मेद्वारी दिनुभएको छ ।

उहाको प्रस्तावकमा महेश कुमार महरा र समर्थकमा जग प्रसाद शर्मा रहनुभएको छ । त्यस्तै विधायन व्यस्थापन समितिमा बेदुराम भुषालले उम्मेदवारी दिनुभएको छ । उहाको प्रस्तावकमा अनिता देवकोटा र समर्थकमा देवेन्द्र दाहाल रहनुभएको छ । त्यस्तै प्रत्यायोजित व्यस्थापन तथा सरकारी आश्वासन समितिमा माया प्रसाद शर्माले उम्मेदवारी दिनुभएको छ भने उहाको प्रस्तावकमा कुमारी शाह र समर्थकमा युवराज शर्मा रहनुभएको छ । त्यसैगरि राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा पुन दिलकुमारी रावलले उम्मेद्वारी दिनुभएको छ, उहाको प्रस्तावकमा गोपी बहादुर सार्की अछामी र समर्थकमा दुर्गा गुरुङ रहनुभएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले जानकारी दिनुभयो । उहाले बिहीबार बस्ने उक्त समितिको बैठकले सभापति चयन गर्ने बताउनुभयो ।

चार समिति मध्ये विधायन नेकपा एकीकृत समाजवादी, दिगो विकास कांग्रेस, प्रत्यायोजित व्यवस्थापन माओवादी केन्द्र र राष्ट्रिय सरोकार समिति नेकपा एमालेले लिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्