प्रख्यात निर्देशक सुनिल पोखरेल केहि समय पश्चात फेरी आफ्नो परिकल्पना र निर्देशनमा नाटक “गच्छामी” लिएर कुञ्ज थिएटर फर्केका छन् ।
लेखक पुण्य प्रसाद गौतमद्वारा लिखित पुस्तक “गौतम बुद्ध” मा आधारित यस नाटकको सहनिर्देशन बिरेन्द्र हमालले गरेका हुन् ।
लुम्बिनीमा जन्मेका शाक्य राजकुमार सिद्धार्थ गौतम कपिलवस्तु दरबार र राजकाज छोडेर गएको र बोधगयामा बुद्धत्व प्राप्त गरे पश्चात कपिलवस्तु, लुम्बिनी फर्किए सम्मको कथा बस्तु नाटकमा प्रस्तुत गरिएको छ ।
गुरुकुलको प्रस्तुति गच्छामीमा सुनिता बजगाई, राज न्यौपाने , सुबास तिमिल्सिना, राजेन्द्र कट्टेल , सौजन लिम्बु लगायतको अभिनय कलाले नाटकलाई जिवन्त बनाएको छ ।
यस नाटकको अन्तिम प्रस्तुति शुक्रबार पौष २९ गते राजधानीको कुञ्ज थिएटरमा हुनेछ ।











