गायक रोनित खालिङ राईको ‘दृष्टि’ सार्वजनिक ( भिडियो )

खबर बुक
  • ख-
  • ख+

काठमाडौं : युवा गायक रोनित खालिङ राईको स्वरमा समावेश ‘दृष्टि’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

पप शैलीको यस गीतलाई गायक राई, पेम्बा र आकाशले मिलेर लेखेका हुन्। गीतलाई पेम्बा र आकाशले संगीत संयोजन गरेका हुन्।

‘यदि केहि गर्न लायक काम छ भने, आफ्नो सम्पूर्ण हृदयले गर्नुहोस्’ भन्ने भनाईलाई आधार मानेर तयार पारिएको भिडियोको कथामा एउटा युवाले अनाथालयलाई सहयोग गर्नको लागि गरेको प्रयास र यात्रालाई सुन्दर तरिकाले प्रस्तुत गरिएको छ।

ग्रे म्याटर फिल्म्सको प्रस्तुति रहेको यस भिडियोमा स्वयम गायक रोनित खालिङ राई र तेन्जिन डोल्मा बज्राचार्य फिचर्ड छन्।

विकास रंजितकारको छायाँकन र सम्पादन रहेको यस भिडियोलाई दिवेज शाहको निर्देशनमा तयार पारिएको हो।

भिडियो गायक राईको युट्युव च्यानल ‘रोनित खालिङ राई अफिसिएल’ मार्फत सार्वजनिक भएको हो। यसअघि गायक राईको स्वरमा ‘सम्बन्ध’, ‘प्रतिबिम्ब’ लगायत गीतहरु सार्वजनिक भैसकेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्