सभामुखको निर्वाचन ५ माघमा

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, २६ पुस । प्रतिनिधिसभाको सभामुख चयनको निर्वाचन ५ माघमा हुने भएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आउँदो माघ ५ गते बिहीबार सभामुख पदको निर्वाचन हुने जानकारी दिएका हुन् ।

यसका लागि ३ माघमा सभामुख पदको निर्वाचन सूचना प्रकाशित गर्न संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई उनले निर्देशन पनि दिएका छन् । साथै ५ माघ बिहीबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नेगरी स्थगित गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्