सिम्पलको स्वर, टिकाको संगीतमा रहेको ‘जहाँ तिमी अनि म’ सार्वजनिक ( भिडियो )

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । लोकप्रिय गायिका, अभिनेत्री, निर्देशक तथा टीकटक स्टार सिम्पल खरेलको सुमधुर स्वरमा सजिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘जहाँ तिमी अनि म’ सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ भने संगीत लोकप्रिय संगीतकार टिका दाहालको रहेको छ। यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा स्वयम् गायिका खरेल फिचर्ड छिन्। भिडियोमा हरि हुमागाईको छायाँकन र सम्पादन रहेको छ। गायिका खरेलको निर्देशनमा भिडियो तयार पारिएको हो। खरेलकै आधिकारिक च्यानल ‘सिम्पल खरेल’ मार्फत भिडियो सार्वजनिक भएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्