हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
शुक्रबार बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । त्यस्तै, तराईका अधिकांश भू–भागहरूमा हुस्सु र कुहिरो लागेर चिसो बढेसँगै जनजीव प्रभावित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो भने देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । त्यस्तै, बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, तराईका अधिकांश भू–भागहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।
आज राति भने देशको पहाडी भू–गमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, तराईका अधिकांश भू–भागहरूमा भने हुस्सु र कुहिरो लाग्ने सम्भावना भएको महाशाखाले जनाएको छ ।





