श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आज बाट शुरु

खबर बुक
  • ख-
  • ख
  • ख+

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना सम्म हिन्दु धर्मावलम्बीको घरघरमा श्रीस्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे, कथा भने वा सुने मात्र सम्पूर्ण मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

पौष शुक्ल पूर्णिमाको अघिल्लो दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यो व्रतको सुरुआत गर्ने परम्परा छ । बिहान माघ स्नान गरी मध्याहृनकालमा महादेवको पूजा गर्ने गरिन्छ ।

श्रीस्वास्थानी व्रत बस्ने प्रत्येक महिला वा पुरुषले महिनाभरि बिहान नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेको खण्डमा पुण्य मिल्ने तथा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

१ महिना सम्म प्रत्येक दिन बेलुकी ‘स्कन्द पुराण’को केदार खण्डअन्तर्गत माघ महिनामा कुमार अगस्त्य ऋषिबीच संवाद भएको ‘स्वस्थानी व्रत कथा’ घर–घरमा सुन्ने र सुनाउने गरी स्वस्थानीको प्रसाद र नैवेद्य ग्रहण गर्ने गरिन्छ ।

यस्तै आजैदेखि एक महिनासम्म काठमाण्डौको उत्तरपूर्वी भेगमा रहेको १८ साँखुको शालीनदीमा हुने माघस्नानसहित माधवनारायणको मेला यस वर्ष भने कोरोनाका कारण नहुने भएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्