सरकारमा जाने या नजाने विषयमा एकीकृत समाजवादीले आज निर्णय गर्ने भएको छ ।
आज बस्ने पोलिटब्युरो बैठकले यसबारे निर्णय गर्ने पार्टीले जनाएको छ । हिजो बसेको स्थायी कमिटी बैठकले आज बिहान ११ बजे पोलिटब्युरो बैठक बोलाउने निर्णय गरेको थियो ।
हिजोको बैठकपछि समाजवादीका सम्मानित नेता झलनाथ खनालले नयाँ गठबन्धन खिचडीजस्तो भएको र नीति तथा कार्यक्रमका बारेमा केही थाहा नभएको अवस्थामा सरकारमा जाने वा नजाने विषयका कुनै निर्णय नभएको र पर्ख र हेरको अवस्थामा रहेको बताउनुभयो ।






