तारकेश्वरबाट नक्कली नोटसहित एक जना पक्राउ

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, १३ पुस ।  प्रहरीले तारकेश्वरबाट नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको आदर्श कोटवाल गाउँपालिका-५ का ४९ वर्षीय पप्पु भन्‍ने शेख निसम अख्तर रहेका छन् ।

उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयबाट खटेको विशेष टोलीले नक्कली नवटसहित पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट एक हजार दरका ४ वटा नक्कली नोट बरामद गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्