साेमबार सुनचाँदीको मूल्य यस्ताे छ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ पुस । सुनचाँदीको मूल्य नेपाली बजारमा सोमबार स्थिर रहेको छ । आइतबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य साेमबार स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सार्वजनिक गरेको विवरणआनुसार छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । साेही मूल्यमा आइतबार सुन किनबेच भएकाे थियाे ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख रुपैयाँमा कारोबारमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार  मूल्य पनि स्थिर रहेको चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेकोमहासंघले जनाएकाे छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्