नेपाल टी २० लिगः दुई खेल हुँदै, फार वेस्ट फिल्डिङमा

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ११ पुस।नेपाल टी २० लिगअन्तर्गत सोमबार दुई खेलहरु आयोजना हुँदैन् । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा बिहान फार वेस्ट युनाइटेड र काठमाडौं नाइट्सबीच प्रतिस्पर्धा हुँदैछ ।

आफ्नो दोस्रो खेलमा काठमाडौं नाइट्सविरुद्ध फार वेस्टले टस जितेर फिल्डिङ रोजेको छ । फार वेस्ट प्रतियोगितामा पहिलो जितको खोजीमा छ । शनिबार आफ्नो पहिलो खेलमा फार वेस्टले लुम्बिनी अल स्टार्सलाई ६७ रनको नतिजा सुम्पिएको थियो ।

काठमाडौं भने प्रतियोगितामा लगातार दोस्रो खेलसम्म जितको लय कायम राख्न चाहन्छ । काठमाडौंले पहिलो खेलमा पोखरा एभेन्जरलाई २६ रनले हराएको थियो ।

कीर्तिपुरमा आजै हुने दोस्रो खेलमा जनकपुर रोयल्स र विराटनगर सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्