
काठमाडौं, १२। पुसनवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ ग्रहण आज हुदैछ ।
आज दिउँसो ४ बजे शपथ ग्रहण कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम माओवादी अध्यक्ष प्रचण्डलाई हिजो प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
प्रतिनिधि सभा चुनावमा कुनै पनि एक दलको बहुमत नआएकाले राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को २ अनुसार मिलीजुली सरकार बनाउन हिजो बेलुकी ५ बजेसम्मको समय दिनुभएको थियो । राष्ट्रपतिले दिएको समयभित्र प्रचण्डले १ सय ६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।