काराबाओ कपको क्वार्टरफाइनल समिकरण पुरा

न्युज कारखाना
  • ख-
  • ख
  • ख+

काठमाडौं, ८ पुस।काराबाओ कपको क्वार्टरफाइलन समिकरण पुरा भएको छ । विहीबार राति लिभरपुल र म्यानचेस्टर सिटीको खेलसँगै अन्तिम आठको टुंगो लागेको हो ।

आठ पटकको च्याम्पियन सिटीसँगै म्यानचेस्टर युनाइटेड, चार्लटन एथलेटिक, साउथह्याम्पटन, नटिङ्घम फोरेस्ट, उल्भ्स, न्युक्यासल युनाइटेड र लेस्टरसिटी क्वार्टरफाइनलमा पुगेका छन् ।

युनाइटेडले चार्लटनसँग खेल्दा साउथह्याम्पटन र सिटी भिड्नेछन् । यसैगरी नटिङ्घम फोरेस्टले उल्भ्ससँग प्रतिस्पर्धा गर्दा न्युक्यासल युनाइटेडले लेस्टर सिटीसँग खेल्नेछ । क्वार्टरफाइलन खेल जनवरी ९ मा हुनेछ ।

अर्काे साताबाट प्रिमियर लिगका खेल हुने तालिका छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्