अमेरिकी क्यापिटलमा आक्रमण प्रकरणः ट्रम्पविरुद्ध फौजदारी अभियोग लगाउन संसदीय समितिको सिफारिस

खबर बुक
  • ख-
  • ख+

न्युयोर्क, ५ पुस।गत वर्ष अमेरिकी क्यापिटलमा भएको आक्रमणको छानबिन गर्ने संसदीय समितिले सोमबार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोग लगाउन सिफारिस गरेको छ ।

विद्रोहलाई उक्साउने, आधिकारिक कार्यवाहीमा अवरोध पु-याउने, अमेरिकी सरकारलाई धोका दिने षड्यन्त्र र झूटा बयान गरेकोमा ट्रम्पमाथि थप अनुसन्धान गर्न समितिले न्याय मन्त्रालयलाई आग्रह गरेको छ ।

‘समितिले महत्त्वपूर्ण प्रमाणहरू जुटाएको छ कि राष्ट्रपति ट्रम्पले हाम्रो संविधानअन्तर्गत शक्तिको शान्तिपूर्ण संक्रमणमा बाधा पु¥याउने उद्देश्य राखेका थिए’ प्रतिनिधि जेमी रस्किनले प्यानलको निष्कर्षलाई उल्लेख गर्दै भने ।

उनले अगाडि भने, ‘हामी विश्वास गर्छौं कि आज मेरा सहकर्मीहरूले वर्णन गरेका र हाम्रो सुनुवाइमा जुटाएका प्रमाणहरूले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको आपराधिक सन्दर्भको उचित आधार दिन्छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्