विश्व इतिहासमा आजः दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपतिदेखि क्लिनन्टनमाथि महाअभियोग

खबर बुक
  • ख-
  • ख+

दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपति
सन् २०१२ मा दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपति निर्वाचित भएकी थिइन् । आजकै दिन पार्क गिउन हाय देशको पहिलो महिला राष्ट्रपति र दक्षिणपूर्वी एसियाको सरकार प्रमुख बनेकी थिइन् । सन् २०१३ को फेब्रुवरीमा पार्कले कार्यभार सम्हालेकी थिइन् ।

हङकङ चीनको स्वामित्वमा रहने सन्धीमा हस्ताक्षर
सन् १९८४ मा हङकङ सन्धीमा हस्ताक्षर भएको थियो । बेलायत सरकार, उत्तरी आयरल्यान्ड र जनगणतन्त्र चीन सरकारबीच संयुक्त घोषणापत्रमा हस्ताक्षर भएको थियो । चीन–व्रिटीश सन्धिसमेत भनिने उक्त सम्झौतमा चीनको तर्फबाट झाओ जियाङ र बेलायतको तर्फबाट मार्गरेट थ्याचरले हस्ताक्षर गरेका थिए । सन्धिमा सन् १९९७ को १ जुलाईदेखि हङकङ चीनको स्वामित्वमा रहने उल्लेख छ ।

एपोलो १७ को अन्तिम मिसन
सन् १९७२ मा एपोलो १७ पृथ्वीमा फर्किएको थियो । अमेरिकाको एपोलो कार्यक्रमअन्तर्गतको अन्तिम मिसन एपोलो १७ ले १२ दिनसम्म अन्तरिक्षमा बिताएको थियो । एपोलो १७ अमेरिकाबाट रातको समयमा पठाइएको पहिलो मानवसहितको उडान हो । एपोलोमा रहेका तीन सदस्यहरुले चन्द्रमाको कक्ष घुमेर १२ दिन बिताएका थिए ।

क्लिन्टनमाथि महाअभियोग
सन् १९९८ मा अमेरिकाका तत्कालीन राष्ट्रपति बिल क्लिन्टनमाथिको महाअभियोगलाई तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले अनुमोदन गरेको थियो । भुटो अभिव्यक्ति दिएको  र न्यायमा अवरोध गरेको भन्दै तल्लो सदननले क्लिन्टनमाथि महाअभियोग लगाएको थियो । एक महिनापछि आजकै दिन माथिल्लो सदन सिनेटले उनलाई सफाइ दिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्