बग्दादमा आइएसको हमलामा ९ सुरक्षाकर्मी मारिए

खबर बुक
  • ख-
  • ख+

बग्दाद, ४ पुस।उत्तरी इराकमा भएको बम र बन्दुक आक्रमणमा परी कम्तीमा नौ प्रहरी अधिकारीको मृत्यु भएको छ। राजधानी बगदादबाट करिब २९० किलोमिटर टाढा रहेको किर्कुक सहर नजिकै आइतबार उक्त आक्रमण भएको हो ।

चालाल अल–मातार गाउँ नजिकै प्रहरी बोकेको ट्रकलाई लक्षित गरी आइतबारको आक्रमण भएको अधिकारीहरूले बताएका छन् ।

अतिवादी समूह इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ । यसअघि बुधबार बग्दाद नजिकै तीन इराकी सैनिकको ज्यान जाने गरी सडकको छेउमा बम विष्फोट गराएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्