कैलालीको अत्तरियामा गोली चल्यो, दुई जना घाइते

खबर बुक
  • ख-
  • ख
  • ख+

धनगढी, ३ पुस ।  कैलालीको अत्तरियामा गोली चलेको छ । अत्तरियाको पूर्व रोडमा दुई राउण्ड गोली चलेको मालाखेती प्रहरी जनाएको छ । गोली लागेर दुई जना घाइते भएको र अस्पताल भर्ना गरिएको प्रहरीले बताएको हो ।

अत्तरियाको पूर्व रोड सुदूरपश्चिम सामुदायिक अस्पताल नजिकै गोली चलेको भए पनि कस्ले र किन गोलि चलायो भन्ने बारेमा जानकारी भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतिले जनाएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतिका सुचना अधिकारी प्रहरी निरीक्षक वासुदेव भट्टले बताए । घाइते दुई जनाको अत्तरियास्थित पदमा  अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा पठाइएको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्