गायक ज्वाला राज शर्माको ‘सहरमा एउटा हल्ला’ सार्वजनिक ( भिडियो )

खबर बुक
  • ख-
  • ख+

गायक ज्वाला राज शर्माको स्वरमा सजिएको ‘सहरमा एउटा हल्ला’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा शब्द डा राजु बाबु श्रेष्ठको रहेको छ भने संगीत अनिश श्रेष्ठको रहेको छ। प्रेमिल शैलीको शैलीको यस गीतलाई गुरुङ कुमारले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा नायक पुष्प खड्का र समरिका ढकाल बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्।

निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्