उमेरले ३५ वर्ष पुगिसकेका मेस्सीका लागि विश्वकप जित्ने यो अन्तिम अवशर

खबर बुक
  • ख-
  • ख+

कतारमा जारी फिफा विश्वकप फुटबलमा आजबाट सेमिफाइनल खेलहरु शुरु हुदैछन् ।

उताराद्धमा आइसकेको विश्वकप फुटबलको पहिलो सेमिफाइनलको खेलमा आज राति अर्जेन्टिना र क्रोएसिया भिड्नेछन् ।्। राति १२ः४५ बजे सुरु हुने खेल दोहाको लुसेल रंगशालामा हुने छ । सन् २०१ ८ को वल्डकपमा उपविजेताको रुपमा चित्त बुझाएको क्रोएसिया यस पटक इतिहास रोच्ने जोशका साथ मैदान उत्रदै छ ।

यता लियोनल मेस्सीको अर्जेनटेनी टोली पनि पटक पटक असफल हुदै अएको विश्वकप जित्ने सपनालाई साकार बनाउन उत्कट चाहनाका साथ मैदान उत्रने छन् ।
आजको सेमिफाइनल, फुटबल फयान्का लागि यसकारण पनि महत्वपुर्ण छ किनकि आज विश्व फुटबलले पाएको एउटा महान खेलाडी मेस्सीले खेलिरहेका हुनेछन् । विश्वभरका उनका फ्यान, उनले वल्डकपको ट्रफि उचालेको हेर्न चाहन्छन् ।

सन् १९८६ मा इङक्ष्याण्डलाई हराएर अर्जेटिनाले वल्डकप जित्दा म्याराडोनाले गरेको प्रर्दशनबाट प्रभावित बनेर अर्जेनटिनाको फ्यान बनेका पुराना पुस्ताहरु आज सम्म पनि अर्जेटिनाका लागि हुटिङ गर्छन ।  त्यही म्याराडोनालाई आफ्नो आइडल मान्ने मेस्सीका सर्मथक अजर्नेनटिनाको नयाँ पुस्ताका फ्यानहरु हुन् । रोचक कुरा के छ भन,े मेस्सी वा अर्जेनटिनाको, बहुल सर्मथकहरु विषेश गरेर एसियामा रहेका छन् ।

त्यसमा पनि दक्षिण एसियाली मुलुक नेपाल, भारत, बाङलादेशमा अत्यधिक रहेका छन् । नेपालमा अर्जेनटिनाको जर्सी अभाव हुनुले पनि अर्जेनटिनाको सर्मथकको मापन गर्न सकिन्छ । उमेरले ३५ वर्ष पुगिसकेका मेस्सीका लागि विश्वकप जित्ने यो अन्तिम अवशर हो । यता क्रोएसियाको नेत्तृव समालि रहेका लुका मोड्रिचको कथा मेस्सीको भन्दा पिडादयी रहेको छ । उमेरले ३७ वर्ष पुगिसकेका लुका मोड्रिच स्पेनी क्लब रियल म्यड्ीडबाट खेल्छन् र उनी विश्वका उत्कृष्ट मिडफिल्डर मध्ये एक हुन् ।

मेस्सी र उनको समानता, उनिहरु दुवै १० नम्बरको जर्सी लगाएर प्लेमेकिङका लागि खेल्छन् । अर्जेन्टिनासँग खेल्नुअघि क्रोएसियाका मोड्रिचले आफ्नो टोलीसँग रियल म्याड्रिडको डीएनए रहेको बताएका छन् । यस्को अर्थ रियल म्याड्रिडजस्तै क्रोएसिया पनि अन्तिम घडीसम्म हार स्वीकार्दैन भन्ने हुन्छ ।

यसअघि चार वर्षअघि रुसमा आयोजित विश्वकपको समूह चरणमा मोड्रिचको टोलीले अर्जेन्टिनालाई ३–० गोलले हराएको थियो । जसमा क्रोएसिया फाइनलसम्म पुगेको थियो, सोही वर्ष उनी गोल्डेन बल जित्नुका साथैे फिफा वर्ष खेलाडी अवार्डबाट पनि सम्मानित भए । जुन दश वर्षको अवधीमा मेस्सी र रोनाल्डो बाहेक कसैले जित्न सकेको थिएनन् ।

लामो समय रोनाल्डोसँगै खेलेका उनी, पोर्चुगिज स्टार रोनाल्डो रियल म्याड्रिडबाट बाहिरिएपछि स्पेनिस क्लबको प्रमुख खेलाडी जस्तै बनेका छन् । तत्कालिन युद्धग्रस्त क्रोएसियामा जन्मिएका उनले आफनो सरर्णार्थीको रुपमा बिताए । शरणार्थीका रूपमा परिवार सगै बस्दै आएको ठाँउमा नै फुटबल खेल्न थालेका उनि आजको खेलमा जित निकाल्दै फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्ने उदेश्यका मैदान उत्रदैछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्