अरुणाचलमा भारत र चीनका सेनाबीच भिडन्त

खबर बुक
  • ख-
  • ख+

लद्दाख, २७ मंसिर।अरुणाचल प्रदेशको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय र चिनियाँ सेनाबीच छोटो भिडन्त भएको छ । डिसेम्बर ९ मा भएको आमनेसामनेले “दुवै पक्षका सेनालाई  सामान्य चोटपटक“ लागेको  भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अरुणाचल प्रदेशको तवाङ सेक्टरमा भिडन्त भएको थियो । चिनियाँ सेनाले एलएसी पार गर्ने क्रममा भिडन्त भएको जनाइएको छ । पूर्वी लद्दाखमा झडप भएको लामो समयपछि भारतीय र चिनियाँ सेनाबीच पछिल्लो झडप भएको हो ।

यी मध्ये सबैभन्दा नराम्रो झडप जुन २०२० मा गलवान उपत्यकामा भएको थियो । झडपमा २० भारतीय सेना मारिएका थिए । चीनतर्फ पनि ठूलो क्षति भएको थियो । यो घटनाले दुई राष्ट्रहरू बीचको द्वन्द्वको शृंखला सुरु गरेको थियो ।

सैन्य कमाण्डर तहमा सम्पन्न धेरै बैठकपछि भारतीय र चिनियाँ सेना लद्दाखको गोगरा–हट स्प्रिंग्स लगायतका मुख्य बिन्दुहरूबाट फिर्ता भएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार