सेती नदीमा एक युवकको शव फेला

खबर बुक
  • ख-
  • ख+

डोटी, २४ मंसिर । डोटीमा सेती नदीमा बगेर एक युवकको मृत्यु भएको छ । शिखर नगरपालिका–२ कठालीका ३५ वर्षीय गोविन्द बोगटीको बगेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

स्थानीयले शनिबार दिउँसो नदीमा तैरिरहेको अवस्था उनको शव देखेका थिए । प्रहरी र स्थानीयको सहकार्यमा उनको शव निकालिएको थियो ।

मृतकको शव पोष्टमर्टमका लागि अस्पताल लगिएको छ । नदी किनारमा जाँदा चिप्लिँदा बगाएको हुनसक्ने प्रारम्भीक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्