भेनेजुएलाका राष्ट्रपतिलाई ड्रोन हमला गर्नेलाई ३० वर्ष जेल सजाय

खबर बुक
  • ख-
  • ख+

कारकस, २४ मंसिर।।सन् २०१८ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई लक्षित गरी असफल ड्रोन आक्रमणमा संलग्न तीन जनालाई ३० वर्षको जेल सजाय सुनाइएको छ ।

मारिया डेलगाडो ताबोस्की, सेवानिवृत्त सेना प्रमुख जुआन कार्लोस मारुफो र सेवानिवृत्त कर्णेल जुआन फ्रान्सिस्को रोड्रिग्वेजलाई “आतंकवाद, देशद्रोह र आपराधिक षड्यन्त्र“ को आरोपमा दोषी ठहराइएको  उनीहरुका परिबारले बताएका छन् ।

आपराधिक सुनुवाइ बिहीबार राति सुरु भएको र शुक्रबार बिहानसम्म चलेको परिवारका सदस्यले बताएका छन् ।

४८ वर्षीय डेलगाडो ताबोस्कीसँग भेनेजुएला र स्पेनको दोहोरो नागरिकता छ र उनी संयुक्त राज्य अमेरिकामा बस्ने ओस्मान डेलगाडो ताबोस्कीकी बहिनी हुन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्