किन उत्रिए न्युयोर्क टाइम्सका १ हजार कर्मचारी हड्तालमा ?

खबर बुक
  • ख-
  • ख+

न्युयोर्क÷अमेरिकी समाचार संस्था न्युयोर्क टाइम्सका १,००० भन्दा बढी कर्मचारीहरूले हडताल गरेका  उनीहरूको युनियनले भनेको छ ।

प्रायः अमेरिकाको पेपर अफ रेकर्ड भनेर चिनिने मिडिया आउटलेटका पत्रकार र अन्य कामदारहरू कम्पनीसँग नयाँ चरणको सम्झौता वार्तामा सहमतिमा पुग्न असफल भएपछि २४ घण्टासम्म बाहिर निस्किएको युनियनले जनाएको छ।

हडतालमा परेका मजदुरहरूको प्रतिनिधित्व गर्ने युनियन द न्युजगिल्ड अफ न्यु योर्कले बढ्दो मुद्रास्फीतिलाई ध्यानमा राख्दै तलब वृद्धि गर्न व्यवस्थापनको अस्वीकार आन्दोलनको प्रमुख कारण रहेको बताए ।

‘न्यूयोर्क टाइम्सका ११ सयभन्दा बढी कामदारहरू अहिले आधिकारिक रूपमा काम रोकेका छन्’ युनियनले बिहान ट्वीट ग¥यो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्