काठमाडौंबाट नयाँ दिल्ली उड्न लागेको जहाजको टायर पञ्चर

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, मंसिर २३ । काठमाडौंबाट नयाँ दिल्ली उड्न ठिक्क परेको जहाजको टायर पञ्चर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको छ ।

एयर इन्डियाको एएल २१६ उडान नम्बरको जहाज ३ः४० मा त्रिभुवन विमानस्थलबाट नयाँ दिल्ली उड्ने तयारीमा थियो ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार यो जहाज ‘ट्याक्सी वे’बाट थ्रेसहोल्ड एरियामा पुगेर धावनमार्गमा रन लिने तयारी गर्दै गर्दा टायरको प्रेसर कम भएको थियो । यसलाई एभिएसनको भाषामा ‘टायर फ्लाट’ हुनु भनिन्छ । जसको अर्थ सामान्य भाषामा पञ्चर हुनु हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्