
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा आज धनगढी जाँदैछन्।
सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न देउवा आज धनगढी जान लाग्नु भएको हो । दिउँसो २ बजे महोत्सवको उद्घाटन हुने आयोजक कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए।
सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सङ्घले महोत्सव आयोजना गरेको हो। महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ।