उधौलीमा राष्ट्रपतिको शुभकामना

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर २२ ।   राष्ट्रपति विद्या भण्डारीले मंसिरे पूर्णिमाले सबै जातजातिबीच आपसी सद्‌भाव अभिवृद्धि गर्नुका साथै सामाजिक एकता कायम राख्न सहयोग गर्ने बताएकी छिन्।

किरात समुदायको महान् पर्व उधौलीको अवसरमा शुभकामना दिँदै भण्डारीले यस्ता चाडपर्वले नेपालीको साझा पहिचान कायम गर्न अहम् भूमिका निभाएको बताएकी छिन्।

‘जाडो मौसममा ​उधौली पर्वले जाडो मौसममा मानिस, वन्यजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्दछ’, उनको शुभकामना सन्देशमा उल्लेख छ, ‘यस पर्वले प्रकृतिको सम्मान गर्दै सबै जातजातिबीच आपसी सद्‌भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको देखिन्छ।’

यो पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नसमेत सहयोग गरेको उनको भनाइ छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्