२५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘नीलो क्रान्ति’ भन्दै गौरवका रूपमा लिने गरेको पोहोर भदौ २४ को घटनालाई सोही पार्टीका महामन्त्री विपिन आचार्यले भने ‘विध्वंश’ को संज्ञा दिएका छन् ।
त्यतिबेला आगजनीबाट ध्वस्त पारिएका निजी र सरकारी संरचना पुनर्निर्माणको अवस्थाबारे तुलनात्मक धारणा राख्ने क्रममा उनले उक्त घटनालाई विध्वंशका रूपमा चित्रित गरेका हुन् । निजी संरचना बलियो र संरचनागत तरिकाले उठिसकेको भए पनि सरकारी संरचना अझै उस्तै रहेको भन्दै आचार्यले असन्तुष्टि जनाए ।
जब म सिंहदरबारको गेटबाट भित्र छिर्छु, जलेको सिंहदरबार र गृहमन्त्रालय अझै उस्तै बेवारिसे देख्छु ।’
‘भदौ २४ को विध्वंशले खरानी बनेका ती व्यापारिक केन्द्रहरू आज थप बलियो र संरचनागत तरिकाले उठिसकेका छन्, निजी क्षेत्रको त्यो उर्जा देखेर मलाई गर्व लाग्छ’,उनले भने, ‘तर जब म सिंहदरबारको गेटबाट भित्र छिर्छु, जलेको सिंहदरबार र गृहमन्त्रालय अझै उस्तै बेवारिसे देख्छु ।’
राज्यको मुटु मानिने सिंहदरबार र सार्वभौम संसदकै निर्माणको गति यति सुस्त हुँदा रसुवा र नुवाकोटका नागरिकले पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने ? भन्दै आचार्यले प्रश्नसमेत उठाए । पुनर्निर्माणमा देखिएका नीतिगत तथा व्यावहारिक कमजोरी पत्ता लगाएर कामको गति बढाउँन उनले सरकारलाई सुझावसमेत दिए ।










