काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि पुगेका छन्।
आफूनिकट नेताहरूलाई साथ लिएर देउवा प्रभावित क्षेत्रमा पुगेका हुन्।
देउवासहित डा. शशाङ्क कोइराला, डा. प्रकाशशरण महत, एनपी साउद, मोहनबहादुर बस्नेतलगायतका नेताहरू नुवाकोट पुगेका छन्।
प्रभावित क्षेत्रमा जानुअघि देउवा नुवाकोट पार्टी कार्यालयमा नेता कार्यकर्ताहरूसँग छलफलमा बसे। पार्टी कार्यालयमा पुगेर खोज तथा उद्धार, राहत र पुनर्निर्माणमा केन्द्रित हुनुपर्ने बताए।
उनले भने, ‘सरकारले के गरेको छ भनेर बुझ्न आएको हुँ। अनि आवाज उठाउँछु, बाटो पनि त्यस्तै छ। सबै ठाउँमा बाढी आएको छ। सरकार यहाँका जनताप्रति संवेदनशील हुनुपर्छ।’










