नक्कली सुकुम्वासीलाई हटाउनुपर्ने भन्दै काठमाडौं महानगरपालीका अगाडी धर्ना

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० मंसिर । सार्वजनिक स्थलबाट नक्कली सुकुम्वासीलाई हटाउनुपर्ने भन्दै काठमाडौं महानगरपालीका अगाडी धर्ना दिइएको छ ।

सुकुम्वासीका नाममा सार्वजनिक जग्गा अतिक्रमण भइरहेकाले नक्कली सुकुम्वासीलाई हटाउनुपर्ने भन्दै उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले मंगलबार महानगर अगाडी धर्ना दिएको हो ।

समितिले सही सुकुम्वासी पहिचान गरि उचित व्यवस्थापन गर्नुपर्ने र नक्कली सुकुम्वासीलाई हटाउनुपर्ने माग राखेका छन् । त्यस्तै समितिले सुकुम्वासीका नाममा भइरहेको राजनीतिलाई अन्त्य गर्नुपर्ने समेत जनाएका छन् । धर्नामा सहभागीहरुले सुकुम्वासीको नाममा राजनीति गर्न पाईदैन, भूमि भएका कसरी सुकुम्वासी हुन्छ ? लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । समितिले सरकारी जग्गा अतिक्रमण रोक्नुपर्ने र सही सुकुम्वासी पहिचान गर्नुपर्ने भन्दै महानगरमा ज्ञापन पत्र समेत बुझाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्