डा‍. शेखर कोइरालाको टिप्पणी- नेपाली कांग्रेसमा हुकुमी शासन जन्मियो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसभित्र हुकुमी शासन जन्मिएको टिप्पणी गरेका छन् । बुधबार प्रज्ञा भवनमा बीपी कोइरालाको ४४ औं स्मृति दिवसमा आयोजित कांग्रेसको संस्थापन इतर समूहको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् ।

‘नेपाली कांग्रेस पनि कताकता हुकुमी शासनको तरिकाले चलिराखेको मैले महशुस गरिराखेको छ,’ कोइरालाले भने ।

वडा सभापतिहरू बिना स्पष्टीकरण, बिना सोधपुछ अद्यावधिक किन नगरेको, किन नगराएको नाममा निकालिएको उनले बर्ता । ‘त्यो हामीहरू कसैलाई पनि सह्य हुनसक्दैन । किनभने निरंकुशताको अन्त्यका लागि नेपाली कांग्रेसको जन्म भएको हो,’ उनले भने, ‘नेपाली कांग्रेसभित्र निरंकुशता जन्म भइरहेको छ । त्यसको अन्त्य हामीले गर्नुपर्ने जरुरी छ ।’

पार्टी सञ्चालन र एकताका विषयमा गम्भीर बन्न उनले सभापति गगन थापासँग आग्रह गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्