सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ : सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।

सिम्ताबाट गुमीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४९० नम्बरको फोर्स बुधबार बिहान पौने १२ बजे गुर्भाकोट नगरपालिका–१३, सेराघारीमा दुर्घटना भएको हो।

गाडी अनियन्त्रित भई सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कविन्द्रसिं बोहोराले जानकारी दिए।

उनका अनुसार केही घाइतेको उपचार मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ। केहीलाई सदरमुकाम वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल र अन्य अस्पतालमा पठाइएको छ।

गाडीचालक भने प्रहरी चौकी गुमीको नियन्त्रणमा छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्