राप्रपा प्रवक्ता श्रेष्ठको नजरमा सरकार गठनमा माओवादीका ५ विकल्प

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ मंसिर । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शनिबारबाट सु्रु भएको छ ।

आइतबार पनि बस्दै छ । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा शनिबार बसेको माओवादी पदाधिकारी बैठकले सरकार गठनका विषयमा सबै विकल्प खुला राख्ने निर्णय गरेको छ ।

सबै विकल्प भन्नले के–कस्ता विकल्प हुन् माओवादीले खुलाएको छैन । तर, माओवादीले नखुुलाए पनि पाँच विकल्प हुन सक्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताउँछन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा प्रवक्ता श्रेष्ठले माओवादीको नयाँ सरकार गठनका विषयमा पाँच विकल्प हुन सक्ने उल्लेख गरेका छन् ।

पाँच विकल्पमा सरकार बनाउन कांग्रेस वा एमालेसँग मिल्ने, सरकारको नेतृत्वमा आफँै अघि बढ्ने, राप्रपालाई सरकारको नेतृत्वका लागि प्रस्ताव गर्ने,  कांग्रेस, एमालेबाहेक अरु जो कोहीलाई समर्थन गर्ने र प्रतिपक्षमा बस्ने रहेको प्रवक्ता श्रेष्ठ अनुमान लगाउँछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्