हिजाबविरोध प्रदर्शनमा रुढीबादी क्षेत्रका महिलाको पनि ऐक्यबद्धता

खबर बुक
  • ख-
  • ख+

इरानको रूढिवादी क्षेत्र सिस्तान–बलुचिस्तान प्रान्तका कालो पहिरन लगाएका महिलाहरूले देशमा जारी हिजाबविरोधी राष्ट्रव्यापी प्रदर्शनमा  एक्यबद्धता जनाएका छन् ।

सेप्टेम्बरको मध्यमा प्रहरी हिरासमा रहेकी २२ वर्षीया महसा अमिनीको तेहरानमा मृत्युपछि देशव्यापी प्रदर्शन हुँदै आएको छ । हिजाबसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । पछि उनको हिरासतमै मृत्यु भएको थियो ।
अनलाइन पोस्ट गरिएको एउटा भिडियोमा महिलाहरूले “नारी, जीवन, स्वतन्त्रता“ लेखिएको ब्यानर बोकेर सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्