काठमाण्डौं, ४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।
बुधबार भक्तपुरको गुन्डुस्थित निवास पुगेर उनले पितृशोकमा रहेका ओलीलाई भेटेका हुन् । सो अवसरमा अर्यालले दिवंगत ओलीका पिता मोहनप्रसादको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।
साथै उनले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरे ।










