अमेरिकी डलरको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २८ माघ । नेपाल राष्ट्र बैंकले आजकालागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ १६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५० पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३० पैसा र बिक्रीदर १०२ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ २३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७१ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९३ पैसा र बिक्रीदर २१ रुपैयाँ ०१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७३ पैसा कायम भएको छ।

यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्